समाधि
कुनै रुपकमा बाँधेर
कवितामा लुकाएर
शब्दमा छिपाएर
सिनेमाका दृश्यहरूमा कैद गरी
मोर्स कोडको भाषामा सुटुक्क होइन,
अब
प्रेम ढकमक्क ढाकिने छ,
वसन्त फूल ले ढाकिए सरी।
हो,वसन्त र फूल
बर्खा र पानी
खडेरी र आगो जस्तै!
एउटा शब्दमा भनौं त,पागल।
लत होस् ,
नसा होस्,
बहुला बन्न चाहन्छु म।
प्यासीले पानी पाए जसरी,
भोकोले खाना खाए जस्तै,
भीषण युद्ध पनि खेल लागोस।
पानीको बूँद जस्तै माया बगोस् मेरो शरीरमा!
पोखिन पाऊँ,
पोखिएको हरेक थोपा समेतिओस्,
अनि अमर मिलन होस्, प्रेमको।
अब प्रेमले क्रान्ति ल्याउने छ।
कमजोरले बल,
भक्तले वर पाए जस्तो!
संसारले घुँडा टेक्ने क्रान्ति होस्,
सास र सासको ताल होस्।
हवस् मा न बहकिने,
अवसर मा न चिप्लिने,
मैन झैँ पग्लिने,
पानी झैँ सङ्लिने।
हरेक दूरीको काल होस्,
होस् त होस् केवल प्रेम होस्,
जन्म जन्म, हरेक साल होस्!
कञ्चन निर्मल कोमल अनि हिमाल जस्तो अटल,
समुन्द्र झैँ मन्थन होस्,
सारा अमृत हाम्रो होस्।
आज होस्, भोलि होस्,
हरेक ऋतु, हरेक वसन्त होस् , उही सँग बारम्बार होस्!
भूकम्प झैँ कम्पन होस्,
ज्वालामुखी झैँ विस्फोट होस्।
चट्याङ् दुस्मनलाई भने,
सुनामी झैँ उच्च मायाको छाल हाम्रो होस्।
पीपल झैँ शीतल,
ताल झैँ चिसो,
आकाश गर्जिए जस्तै,
हिउँ पग्लिए जस्तै,
होस् ज्वालामुखी होस् सुनामी।
होस् त होस् केवल प्रेम होस्!!!
हावाको वेग जस्तै,
खोलीको भेल जस्तै,
कहिले अन्तरिक्ष र कहिले स्वर्गको यात्रा होस्।
शरीरसँगै आत्मा जोडियोस्,
जिन्दगीको यात्रा सँगै चिता पनि जोडियोस्।
सुरुवातमा पनि अन्त्यमा पनि,
मोर्स कोडको भाषामा हैन,
समर्पणको उग्र स्वरुप होस्।
अंक र गणित जस्तै,
भाव र भाषा जस्तै,
कहिले जोडिने, कहिले मोडिने,
तर कहिले नछुटिने होस्!
यात्रा होस्, गन्तव्य होस्,
शव होस्, साथ होस्,
संयोग, सम्भोग र समाधि सम्मको होस्!
Comments