शुभकामना
शुभकामना तिमीलाई,
तिम्रो भलो होस्,
तर साथमा ती आँसुका सागरहरू पनि,
तिमीले तोडेका रंगीन वचन,
अब ती तिम्रा आँखा बाट बग्ने आँशु को कोलाहल को रंग होस्।
म तिम्रो भलो नै चाहन्छु,
तर त्यो भलाइको अर्थ
तिमीले बिर्सन नसक्ने दु:ख होस्,
तिमीले सहन नसक्ने पीडा होस्,
तिमीलाई अत्याउने खारा पानी,
तिमीलाई पग्लाउने तातो आगो होस्।
तिम्रो जीवन आँधी र हुरीको होस्,
तिम्रा खुशीका क्षणहरूमा कालो बादलको छायाँ होस्,
तिम्रा सब अघोषित इक्षा,
तिम्रा सब अप्राप्त चाहना,
तिमीले खाने ती रोटीका कण,
तिमीलाई अघाउँदा पनि भोकाउने होस्।
आशीर्वाद तिमीलाई,
तर ति आशिर्वादका रंग
तिम्रा जीउने दिनहरूको अँध्यारो होस्,
तिम्रा रातको निद्रा हराउने सपना होस्,
तिम्रा पाइलाहरूमा काँडाको बाटो होस्,
तिमीलाई घाइते गर्ने ती अविरल चोट होस्।
तिमीले मलाई दिएका ती झूटहरू,
तिमी बाट ठगिएका मेरा विश्वासहरू,
तिम्रा ती झूटा वचनहरू,
सब तिमीलाई बिझाउने काँडा होस्,
तिमीलाई हरेक रात रुवाई रहने,
तिमीलाई हरेक दिन बर्बाद गर्ने,
तिमीलाई पिरोल्ने ती हृदयका भार होस्।
म तिम्रो भलो नै चाहन्छु,
तर त्यो भलोको अर्थ,
तिम्रो जीवनको अन्त्य होस्,
तिमीले चाहेको त्यो शान्ति,
अब तिम्रा लागि केवल मृत्यु मात्र होस्।
तिमीले सहन नसक्ने ती दु:खका छालहरू,
तिमीले पिउन नसक्ने ती आँसुका सागरहरू,
सब तिमीलाई पिडा दिने ती कठोर समय होस्।
तिम्रा सब दिनहरू अँध्यारो होस्,
तिमी हरेक क्षणमा मरि रहनु,
तिम्रो नाम मा बाँच्न नसक्ने ती पीडाका भूकम्प होस्।
तिमीले दिन्छु भनेको त्यो प्रेम,
अब तिमीलाई नै अभिशाप होस्,
तिमीले सहन नसक्ने त्यो मृत्युको कोलाहल होस्।
तिमीले गर्दा बगेका आँसुहरू,
बगेको रगत,
सबै बिर्सेर म उठे,
नयाँ सुरुवातमा,
नयाँ आशामा,
अब तिमीलाई माया गर्छु भनेझैं,
तिमीलाई तड्पिएको देख्न चाहन्छु।
तिमीलाई म सम्झन सक्दिनँ,
तिम्रो पिडामा मलिन हुन सक्दिनँ।
तिमीले झारेका आँसु, बहाएको रगत,
तिम्रा चीखहरु, तिम्रा गुहारहरु,
मेरा लागि अर्थहिन छन्!
मेरो जीवनमा अब तिम्रो अस्तित्व छैन,
तिमी टाढा जाऊ, म पनि टाढा जाँदैछु,
तिमी र मेरो बीचको दूरी,
अनन्त आकाशको होस्।
तिमीले धेरै रुनु, धेरै तड्पिनु
तर ति आँशु पुछ्न अब, म हुनेछैन,
तिमीले धेरै भोग, धेरै हार मान,
तर तिमीलाई साथ दिन अब, म हुनेछैन।
म मेरो आफ्नै संसारमा हुनेछु,
जहाँ कसैले पनि मलाई चोट पुर्याउन सक्दैन।
म स्वतन्त्र हुनेछु, निर्दोष हुनेछु,
तिम्रो संसारबाट टाढा, धेरै टाढा।
Comments